Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


नेपालमा असारभित्र ४० हजारमा कोरोना संक्रमण हुन सक्ने सरकारी प्रक्षेपण


0
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीले बिकराल रुप लिने देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही महिनाभित्र कोरोना भाइरसबाट संक्रमितको संख्या ४० हजार पुग्नसक्ने आन्तरिक प्रक्षेपण गरेको छ । मन्त्रालयले त्यसै अनुसार तयारी थाल्न मार्गदर्शन समेत बनाएको छ ।

मन्त्रालयले तयार पारेको कोभिड–१९ महामारी व्यवस्थापनका लागि भौतिक स्रोत पहिचान तथा जनशक्ति व्यवस्थापन मार्गदर्शनमा ४० हजार संक्रमितमध्ये ८० प्रतिशत अर्थात् ३२ हजारमा कुनै लक्षण तथा असर नदेखिने भएकाले उनीहरुलाई होम क्वारेन्टिन वा होम आइसोलेसनमा राख्नुपर्ने उल्लेख छ ।

त्यस्तै १५ प्रतिशत संक्रमित अर्थात् ६ हजार जनालाई अस्पताल केयर, आइसोलेसन बेड र ५ प्रतिशत अर्थात् २ हजार जनालाई सघन उपचार चाहिने प्रक्षेपण गरिएको हो ।