नवलपरासी । नवलपरासीका एक निजी विद्यालयका पटक-पटक यौन दुर्व्यवहारका घटना विवादमा मुछिदैं आएका सञ्चालक अहिले भने पक्राउ परेका छन् ।
यसअघि भएका घटनाहरु गुपचुपमै मिलाउने गरिएपनि अहिले भने प्रहरीमा जाहेरी परेपछि सञ्चालक पक्राउ परेका हुन् ।नवलपरासी सुस्ता गाउँपालिका–१ सिङ्हास्थित न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक समेत रहेका ४६ वर्षीय भरत न्यौपानेलाई पीडितले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै विद्यालयको कक्षा ९ मा पढ्ने एक १५ वर्षीया छात्रालाई पटक-पटक अश्लील म्यासेज पठाएर मानसिक तनाव दिएको न्यौपानेमाथि आरोप छ । न्यौपानेमाथि बाल यौन दुर्व्यवहार सम्बन्धी जाहेरी परेपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन थापाले जानकारी दिनुभयाे ।
न्यौपानेले छात्रालाई झन्डै ५/६ महिनादेखि म्यासेज पठाउने गरेका थिए । यौन प्रस्तावसमेत राख्न थालेपछि छात्राले साथी र अभिभावकलाई जानकारी गराए पश्चात न्यौपानेविरुद्ध इलाका प्रहरी कार्यालय बेलाटारीमा जाहेरी परेको हो । उनलाई अदालतबाट म्याद थप गरी घटनाकाे बारेमा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । यसअघि पनि न्यौपानेले सोही विद्यालयकी अर्की छात्रालाई पनि सोही व्यवहार गरेको आरोप लागेको थियाे ।
विद्यालय बाहिर पनि उनले यस्तै व्यहार गरेको र ५/६ पटकसम्म यस्ता घटना भएको विद्यालयका एक शिक्षकले बताएका छन् ।
यसैबीच उनले पटक-पटक त्यस्तै, व्यवहार गरेको भन्ने सुन्नमा आएको डिएसपी थापाले बताउनुभयाे ।









प्रतिक्रिया दिनुहोस्