Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


देशका-७ वटै प्रदेशमा आज मध्यमदेखि भारी वर्षा हुँदै


429
Shares

काठमाडाैं। माैसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ।

आइतबार बिहान मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको हाे। देशैभर साधारणतया बादल लागेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएकाे हाे।

त्यस्तै, आइतबार दिउँसो भने देशैभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको समेत सम्भावना रहेकाे हाे।

काेशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेश प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, आइतबार राति भने देशैभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेकाे हाे। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

काेशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेश प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे हाे। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना महाशाखाले जनाएकाे हाे ।