काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएकाे छ।
प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे। भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढीमा पुगेर मुख्यमन्त्री पदका लागि दावी पेश गर्नुभएकाे थियाे। उहाँलाई नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गर्नुभएकाे हाे।
दावी पेश गरेपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गर्दै नियुक्ति पत्र प्रदान गर्नुभएकाे छ। नवनियुक्त मुख्यमन्त्री भट्टसहित मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण शुक्रबार दिउँसो ३ बजे हुने कार्यक्रम तय गरिएको हाे।









प्रतिक्रिया दिनुहोस्