Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


सुनचाँदीको मूल्यमा आज ओरालाे यात्रा, सुन तोलामा ४६ सय रूपैयाँले घट्यो


1.2k
Shares

काठमाडाैं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ।

बिहीबार तोलामा पाँच सय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार प्रतितोला चार हजार ६ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बिहीबार तोलामा चार हजार सात सय ५० रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी शुक्रबार चार हजार ६ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बिहीबारको तुलनामा प्रतितोला ९० रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस चार हजार तीन सय २० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।