काठमाडौं । अविरल वर्षासँगै देशका भक्तपुर र ललितपुरसहित ४२ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेकाे छ।
बाढी पूर्वानुमान महाशाखाले कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना रहेको जनाएको हाे।शुक्रबार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, तनँहु, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, रोल्पा, सल्यान, रुकम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे ।
महाशाखाले नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी लगायत ठूला नदीमा पनि बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान गरेकाे छ।










प्रतिक्रिया दिनुहोस्