Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


देशका सातै प्रदेशमा आज मध्यमदेखि भारी वर्षाकाे सम्भावना, शतर्कता अपनाउन अनुराेध


403
Shares

काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ।

शुक्रबार बिहान मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा उत्तरतर्फ नेपालको नजिक रहेको हाे। देशैभर साधारणतया बादल लागेको छ। काेशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा मध्यमसम्मको पानी परिरहेको छ।

त्यस्तै, शुक्रबार दिउँसो भने देशेभर साधारणतया बादल लाग्ने भएकाे हाे। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका अधिकां भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ। लुम्बिनी, सुदूरपश्चिम, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू(भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली-तराई भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावनारहेकाे हाे । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागकोकेही स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

त्यसैगरी शुक्रबार राति भने देशैभर साधारणतया बादल लाग्ने भएकाे हाे। देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना छ । देशको तराई भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे हाे।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।