Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


खाना पकाउने ग्यास मौज्दात राखेको भेटिएमा कडा कारबाही गर्ने निगमकाे चेतावनी


1k
Shares

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री वितरण भइरहेको जनाएको छ।

निगमले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै अझै पनि बजारबाट सहजरूपमा ग्यास नपाइरहेको उपभोक्ताहरूको गुनासोप्रति ध्यानाकर्षण भएको जनाएको हाे। ‘निगमबाट गत असार ३१ गतेदेखि बजारमा १४ दशमलव २ किलोग्रामको भरी सिलिन्डर बिक्री वितरणमा रहेको व्यहोरा सर्वविदितै छ । साविकको भन्दा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री बितरण भइरहेको भए तापनि सर्वसाधरण उपभोक्ताहरूले अझै पनि बजारबाट सहजरूपमा ग्यास नपाइरहेको गुनासोप्रति निगमको ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा भनिएको छ।’

निगमले द्रुत प्रतिकार्य डेस्कमा बजार अनुगमन गर्दा कतिपय होटेल, रेष्टुरेण्ट र पार्टी प्यालेस लगायतका व्यावसायिक प्रतिष्ठानहरूमा आवश्यकता भन्दा बढी ग्यास सिलिण्डर मौज्दात राखिएको पाइएको जनाएको हाे । निगमले अनावश्यक मौज्दात नराख्न निगमले अनुरोध गरेको छ । निगमले राखेको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधरण उपभोक्तालाई बिक्री वितरण गर्न पनि निर्देशन दिएकाे हाे ।

निगमले सूचना विपरीत कहीँकतै ग्यास सिलिण्डर मौज्दात राखेको भेटिएमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्ने चेतावनी समेत दिएकाे छ।