Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


कैलालीमा बाल्टिनको पानीमा डुबेर एक शिशुको निधन


247
Shares

काठमाडौं । कैलालीमा बाल्टिनमा डुबेर एक जना शिशुको निध भएको छ।

घोडाघोडी नगरपालिका–४, जनकपुरमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिनाका एक शिशुको निधन भएको हाे। जिल्ला प्रहरी कार्यालय कैलालीले निधन हुनेमा स्थानीय दीपक सुवेदीका १८ महिनाका छोरा रामु सुवेदी रहेकाे जनाएकाे हाे । गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको पानीमा शिशु डुबेको अवस्थामा उनकी आमा देवकी सापकोटा सुवेदीले फेला पारेकी प्रहरीले जनाएकाे छ।

शनिबार बिहान करिब साढे ११ बजे बाल्टिनबाट निकालेर तत्काल उपचारका लागि घोडाघोडी अस्पताल, सुखड पुर्‍याइएका बालकलाई चिकित्सकले मध्याह्न साढे १२ बजे मृत घोषणा गरेका थिए । प्रहरी शिशुको शव परीक्षणका लागि दोदोधरा अस्पताल, बौनिया पठाइएको जनाएकाे छ।

साेही घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हाे।

Skip This