Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


रौतहटमा पेट्रोल बाेकेकाे ट्यांकरमा भएकाे आगलागी नियन्त्रणमा

ट्यांकर पूर्णरूपमा जलेर नष्ट

0
Shares

काठमाडौं । प्रहरीले रौतहटको चन्द्रपुर नगरपालिका–४, धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेकोे ट्यांकर पल्टिएर भएको आगलागी नियन्त्रणमा लिएको छ ।

सशस्त्र र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बिहीबार बिहान बाराको अमलेखगन्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर मृग जोगाउने क्रममा अनियन्त्रित भई सडक छेउमा पल्टिएको जनाएकाे छ। दुर्घटनापश्चात उक्त ट्यांकरमा आगलागी भएको थियो ।

साेही आगलागीबाट मानवीय क्षति केही नभएको र ट्यांकर पूर्ण रूपमा जलेर नष्ट भएकाे सशस्त्र प्रहरीले जनाएकाे छ।