काठमाडाैं । कैलालीकाे धनगढीमा आइतबार शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका एक जना युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरी रहेको जनाएको हाे।चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकाे प्रहरीले बताएकाे छ। आफन्तले उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएका थिए। तर उपचारका क्रममा उनको शरीरको करिब ६० प्रतिशत झाग जलेको चकित्सिकले बताएका थिए।
गम्भीर अवस्थाकी उनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने तयारी गरिए पनि आफन्तले काठमाडौं लगेका थिए। काठमाडौं ल्याउँदै गर्दा सोमबार बिहान ७ बजेतिर धादिङ आइपुग्दा बाटोमै चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।
मृतकको शव कैलाली फिर्ता लैजाने प्रक्रिया अघि बढाउनुका साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्