Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


पाल्पामा टिपर दुर्घटना हुँदा चालकको निधन


0
Shares

काठमाडाैं । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका–३, छहरागैरामा बुधबार राति टिपर दुर्घटना भएको हो । दुर्घटनामा तिनाउ–३, सिसुवाका ३५ वर्षीय चालक हेमबहादुर लम्तरीको मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीको बुटवलबाट पाल्पा सदरमुकाम तानसेनतर्फ जाँदै गरेको लु २ ख १७१९ नम्बरको खाली टिपर सडकबाट करिब १ सय २० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा चालक लम्तरी गम्भीर घाइते भएका थिए । उद्धार गरी प्रहरीले उनलाई उपचारका निम्ति बुटवलमा पुर्याइउकाे थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाले बुटवलस्थित मर्सी सिटी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जनाएको छ ।