Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


उत्तर कोरियाले सार्वजनिक गर्यो अहिलेसम्मकै ठुलो युद्धपोत


663
Shares

काठमाडाैं । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठुलो १० हजार टन क्षमताको रणनीतिक युद्धपोत निर्माण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

स्थानिय सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी केसीएनएका अनुसार नेता किम जोङ उनले नाम्पो बन्दरगाह शहरमा आयोजित समारोहमा युद्धपोत निर्मार्णको योजना सार्वजनिक गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै किमले आफ्नो नौसेनालाई आणविक हतियारले सुसज्जित बनाउने कार्यक्रम पनि अगाडि बढिरहेको जानकारी समेत दिएको विभिन्न संचारमाध्यमले जनाएका छन् ।

नेता किमका अनुसार यो कार्यले उत्तर कोरियाको आणविक शक्तिलाई विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा परिचालन गर्न सक्षम बनाउनेछ । समारोहमा उत्तर कोरियाले गतबर्ष सबैभन्दा शक्तिशाली हतियारहरूले सुसज्जित जहाज बताएको ५ हजार टन क्षमताको चोए ह्योन युद्धपोतलाई औपचारिक रूपमा नौसेनामा समावेश गरेको थियो ।

यसैगरि किमले आफ्नो सम्बोधनकाक्रम चाँडै अर्काे विनाशक युद्धपोत काङ कोनलाई पनि सञ्चालनमा ल्याइने उदघोष गर्नुभएको थियो ।

योजनाअनुसार उत्तर कोरियाले अब प्रत्येक वर्ष चोए ह्योनभन्दा उच्च स्तरका दुईवटा सतही युद्धपोत निर्माण गर्ने लक्ष्य लिएको छ । यसमा १० हजार टन क्षमताका क्रुजर वर्गका जहाजहरू पनि समावेश हुने बताइएको छ ।