काठमाडौं ।
युरोपेली मुलुक फ्रान्समा अत्ययधिक गर्मीका कारण पौडीखेल्ने क्रममा पछिल्ला केही दिनमा ४० जनाको मृत्यु भएको छ ।
चर्को गर्मीपछि नदी, नहर र पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ४० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । मानिसहरु अत्यधिक गर्मीका कारण नदी, नहर र जलाशयमा हाम फालेर शरीर चिस्याउन बाध्य भएका छन् ।
मृत्यु हुनेमा युवा समुहका धेरै रहेको बताइएको छ । फ्रान्समा हिजो इतिहासकै सबैभन्दा तातो दिन मापन गरिएको छ । शहरमा तापक्रम ४४ दशमलव ३ डिग्री सेल्सियस पुगेको समाचारमा उल्लेख छ । अहिले फ्रान्सका आधा भाग अर्थात विभिन्न ५४ वटा स्थानमा रेड अलर्ट जारी गरिएको छ । साथै पश्चिमी ब्रिटनीमा दशौं हजार घरहरू बिजुलीविहीन भएका कारण जनजीवन थप कष्टकर बनेको छ । यसअघि सन् २०२१ मा गर्मीले रेर्ड अर्लट जारी गर्नुपरेको थियो ।
मौसम विभागले तापक्रम अझै बढ्ने अनुमान रहेको भन्दै सर्तकता अपनाउन भनेको छ । विभागले यो अवस्था सन् २००३ को विनाशकारी गर्मीसँग तुलना गरेको छ, । जुनबेला युरोपमा गर्मीका कारण झण्डै ८० हजार मानिसको ज्यान गएको थियो । पछिल्लो समय युरोपका विभिन्न देशहरु बेलायत, इटाली, स्पेन, स्वीट्जल्याण्ड र बेल्जियमहरूमा अत्याधिक गर्मीका कारण जनजीवन नराम्ररी प्रभावित बनेको छ ।
कतिपय क्षेत्रमा गर्मीकै कारण विद्यालय बन्द गरिएका छन्, रेल सेवा प्रभावित भएको छ भने पर्यटकीय स्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन् । पेरिसको प्रसिद्ध आईफिल टावर पनि अत्यधिक गर्मीका कारण बन्द गरिएको संचारमाध्यमहरुले जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्