Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


सरकारलाई दृष्टिबिहीनहरुको चेतावनी : सात दिनभित्र माग पूरा नभए रिले अनशन बस्छौँ


78
Shares

काठमाडाैं ।

सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिबिहीन व्यवसायीहरुको समूहले  माईतीघरमा धर्ना दिएको छ । 
बुधवार बिहान माईतीघर मण्डलामा दृष्टिबिहीनहरुले धर्ना दिएका हुन् ।

राज्यले पछाडि पारेका आफूहरुलाई राज्यले आफ्नो हातमा भएको सीप पनि प्रयोग गर्न नदिएको आरोप प्रदर्शनरत दीपराजले बताउनु भयो । आफूहरुको आयश्रोतको माध्यम भनेकै सांगितिक कार्यक्रम भएको बताउनु  भयो । सांस्कृतिक कार्यक्रम गर्दा पशशुपति क्षेत्र विकास कोष, महानगर प्रहरी, बौद्ध विकास कोष, जनपथ प्रहरीले धरपकड गर्ने, कुटपिट गर्ने काम भएको आरोप लगाउनुभयो ।

आफैँसँग हारेका दृष्टिबिहीहरुको अन्तिम विकल्प नै अरुको सहयोग लिनुपर्ने भएपनि सरकारले अरुको सहयोग लिन नदिएको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आगामी दिनमा यसबारे सोचोस् भनेर माईतीघरमा आन्दोलन गर्न आएको बताउनुभयो । सरकारले हुन्छ मात्रै भन्ने तर माग पूरा नगर्ने गरेको आरोप लगाउनु भयो । गास, बास र कपासको माग पूरा नभएसम्म धर्ना कार्यक्रम गर्ने चेतावनी दिनुभयो ।

सात दिनसम्म माईतीघरमा धर्ना दिने कार्यक्रम रहेको र सात  दिनसम्म पनि  माग  पूरा नभए रिले अनसन शुरु गर्ने  चेतावनी दिनुभयो । शिक्षित व्यक्तिलाई जागिरको व्यवस्थापन गर्न दिनुपर्ने, अशिक्षितलाई जीवनयापन भत्ताको व्यवस्थापन गर्नुपर्ने, दृष्टिबिहीनका साथै पूर्ण रुपमा अपाङ्गता भएकाहरुलाई सरकारले व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय  स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईं (दृष्टिबिहीन) ले दृष्टिबिहीनलाई मागेर खाने व्यक्तिको बारेमा आफू कुरा नगर्ने भन्दै पन्छिएको  बताउनुभयो । घाम, पानी, धुवाँ, धुलो सहनु रहर होइन, बाध्यता हो, विकल्प नइि सडकपेटी छोड्दैनौँ भन्दै प्रदर्शन गरेका हुन् ।