Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


झापामा चट्यांग लागेर एक जनाको निधन


13
Shares

काठमाडाैं । झापाको गौरीगञ्जमा मंगलबार बिहान चट्यांग लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेकाे प्रहरीले बताएकाे हाे। भोजपुरको आमचोक–९ घर भई श्रेष्ठ स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए ।

तर मंगलबार बिहान आली खन्ने क्रममा उनलाई चट्यांग लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । चट्याङ लागेर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएकाे हाे ।