Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


वाणिज्य बैंकबाहिर सुन धितोकर्ताले गरे प्रदर्शन


299
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सुन धितो राखेर कर्जा लिएकाहरूले यसको केन्द्रीय कार्यालयबाहिर प्रदर्शन गरेका छन् ।

‘जेनजी’ आन्दोलनका क्रममा करिब १८ किलो सुन चोरी भएको र हालसम्म बैंकले कुनै राहत नदिएको भन्दै सोमबार ९असार ८० उनीहरूले सिंहदरबार प्लाजास्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित बैंकको शाखाबाट करिब १८ किलो सुन र सवा पाँच करोड रुपैयाँ नगद लुटिएको थियो । ऋणको धितोका रूपमा राखिएको उक्त सुन हराएपछि क्षतिपूर्ति वा राहत दिनुको साटो बैंक व्यवस्थापन पन्छिन खोजेकाले आन्दोलन गर्नुपरेको धितोकर्ता सरस्वती बस्नेतले बताइन् ।

त्यसरी धितो राखेर कर्जा लिएकाहरूले कुल तौलबराबरको सुन फिर्ता गर्न माग गरेका छन् । प्रदर्शन गर्दै बैंकभित्र प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरूलाई राेकेकाे थियाे ।