Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


उत्तरी सीमा क्षेत्रमा लगाएका सबै प्रतिबन्ध हटाउने इजरायलकाे घोषणा

उत्तरी क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा फर्काउने निर्णय

39
Shares

एजेन्सी । इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहसँगको कमजोर युद्धविरामकाबीच उत्तरी सीमा क्षेत्रमा लगाइएका युद्धसम्बन्धी सबै प्रतिबन्धहरू हटाउने घोषणा गरेको छ ।

इजरायली सेनाले सोमबार बिहान ६ बजेदेखि ‘कन्फ्रन्टेसन लाइन’ (द्वन्द्व क्षेत्र) मा लागू गरिएका सबै प्रतिबन्धहरू पूर्ण रूपमा हटाउने जनाएकाे हाे । सोमबार बिहानदेखि सीमावर्ती समुदायहरू ‘आंशिक गतिविधि’ को स्तरबाट अब कुनै प्रतिबन्ध बिना ‘पूर्ण गतिविधि’ को स्तरमा फर्किने सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

इजरायल र हिजबुल्लाहबीच युद्धविराम भए पनि गत शनिबार इजरायली सेनाले लेबनानमा आक्रमण गर्दा दर्जनौं मानिसको ज्यान गएको थियो । साेही आक्रमण कारण युद्धविरामलाई अहिले पनि जोखिमपूर्ण मानिएको भएता पनि इजरायलले आफ्नो उत्तरी क्षेत्रको जनजीवनलाई सामान्य अवस्थामा फर्काउने निर्णय गरेको छ।