एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ आइतबार बिहान स्वीजरल्याण्ड प्रस्थान गर्नुभएकाे छ।
प्रधानमन्त्री शरीफ अमेरिका र इरानबीच हालै सम्पन्न समझदारी पत्र (एमओयू) को फलोअपका रूपमा आयोजना हुन लागेको प्राविधिक तहको वार्तामा सहभागी हुन स्वीजरल्याण्ड प्रस्थान गर्नुभएकाे हाे । प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शरीफका साथै पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल सैयद असिम मुनिर समेत स्वीजरल्याण्डको बुर्जेनस्टोकमा आयोजना हुने उक्त वार्तामा सहभागी हुने कार्यक्रम रहेको जनएकाे छ ।
जुन २१ का लागि तय गरिएको सोही वार्ताका लागि प्रधानमन्त्रीको साथमा एक उच्चस्तरीय प्रतिनिधिमण्डल समेत रहेको प्रधानमन्त्री कार्यालयले जनाएको हाे ।









प्रतिक्रिया दिनुहोस्