Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


नीति सच्याउन तयार छाैं : अर्थमन्त्री वाग्ले


793
Shares

काठमाडौं ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रका जायज माग र सुझावहरूलाई ग्रहण गर्न तयार रहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सले गरेको बजेटसम्बन्धी छलफलमा उहाँले व्यावसायीहरूको तथ्यगत माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको हो ।

प्रमाण र तथ्यका आधारमा आफ्ना माग प्रश्तुत गर्न व्यावसायीहरुलाई आग्रह गर्दै उहाँले उद्योग प्रवद्र्धनका लागि कच्चा पदार्थ र मध्यवर्ती वस्तुको भन्सार दर अन्तिम उत्पादनभन्दा कम राख्ने नीति लिइएको बताउनुभयो ।

घरजग्गा क्षेत्रको सुस्त अवस्था अर्थतन्त्रका लागि चुनौती बनेको स्वीकार गर्दै उहाँले जग्गा हदबन्दी लगायतका विषयमा पर्याप्त छलफल हुन नसेकोले तत्काल कुनै ठोस निर्णय गर्न नसकिएको बताउनुभयो ।

सहकारी तथा अन्य क्षेत्रमा रोकिएको ठूलो रकम चलायमान बनाउन रियल स्टेट क्षेत्रलाई क्रमशः खुकुलो बनाउँदै लैजाने सरकारको नीति रहेको पनि उहाँले जानकारी दिनुभयो ।

आवश्यक परे मौद्रिक नीतिमार्फत समेत रियल स्टेट क्षेत्रलाई राहत दिने विषयमा नेपाल राष्ट्र बैंकसँग समन्वय गरिने उहाँको भनाइ थियो । मन्त्री वाग्लेले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताउनुभयो ।