Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


सरकारी भवनबाट संघ-संस्थाका कार्यालय हटाउन निर्देशन


533
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी भवन तथा संरचनाभित्र सञ्चालनमा रहेका गैरसरकारी संघ–संस्थालाई ७ दिनभित्र हटाउन निर्देशन दिएको छ।

कार्यालयले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार संस्था दर्ता ऐन, २०३४ बमोजिम यस कार्यालयमा दर्ता भएका काठमाडौं जिल्लाभित्रका विभिन्न गैरसरकारी प्रकृतिका प्राविधिक वा पेशागत संघ, संगठन, संस्थाहरूले सरकारी तथा सार्वजनिक निकायका भवन वा संरचनाभित्र कार्यालय सञ्चालन गरिरहेको पाइएको छ।


प्रशासनले यस्ता संघ–संस्थालाई सात दिनभित्र सरकारी भवनबाट हटाएर निजी वा भाडाको भवनमा स्थानान्तरण गर्न र सोको जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिन निर्देशन दिएको छ।