एजेन्सी ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला स्क्रमितबाट ९१ जनाको मृत्यु भइसकेको छ । कंगोको स्वास्थ्य मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार संक्रमण अझै नियन्त्रणमा आउन सकेकोे छैन ।
इवोाला संक्रमितको संख्या ५१५ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ । अधिकारीहरुका अनुसार संक्रमण रोक्न उपाय तुरुन्त प्रभावकारी रूपमा नलागे अझ भयावह स्थिति बन्ने चेतावनी मन्त्रालयले दिएको छ । मन्त्रालयले संक्रमणबाट थप तीन जना बिरामी निको भएपछि निको हुनेको संख्या १२ पुगेको छ ।
हाल ११७ जना शंकास्पद संक्रमित रहेका छन् भने २८३ जना बिरामी आइसोलेसन वा उपचारमा रहेका छन् । संक्रमण पुष्टि भएका बिरामीहरूमा लक्षण जेठ १ देखि जेठ १० बीच देखिएको पाइएको बताइएको छ भने सम्भावित एउटै माध्यमबाट संक्रमण तीव्र रूपमा फैलिएको अनुमान गरिएको ।
जेठ १२ देखि असार १ बीच पनि नयाँ बिरामीहरूमा लक्षण देखिनु संक्रमण अझ फैलिरहेको प्रमाण भएको मन्त्रालयले जनाएको छ । रोग नियन्त्रण प्रयासहरू कमजोर सम्पर्क निगरानी, समुदायको असहयोग, उपचार केन्द्रहरूको सीमित क्षमता, संक्रमण रोकथाम सामग्रीको अभाव र बजेट अभावका कारण रोग नियन्त्रण नकारात्मक प्रभाव परिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्