Logo ४ श्रावण २०८३, सोमबार | Tue Jul 21 2026


रास्वपा महोत्तरीको अधिवेशन अनिश्चितकालका लागि स्थगित


195
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको जिल्ला अधिवेशनअनिश्चितकालीनका लागि स्थगित भएको छ ।

आज अधिवेशनको दोस्रो सत्रको निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा विवादित पक्षबीच छलफल गराउँदा समेत सहमति नभएपछि अधिवेशन स्थगित गरिएको हो।

शनिबारदेखि जलेश्वरमा जिल्ला अधिवेशन सुरु भएकोमा दोस्रो दिन बन्दसत्रमा पनि दुई पक्षबीच सहमति हुन नसकेपछि अधिवेशन स्थगित गरिएको निर्वाचन संयोजक मनिषकुमार साहले जनाएका हुन्।

साहले जारी गरेको सूचनामा महोत्तरीका प्रतिनिधिसँग सल्लाह गरी तथा शान्ति सुरक्षालाई ख्याल गर्दै अर्को सूचना नभएसम्मका निम्ति अधिवेशन स्थगित गरिएको जनाइएको छ।

रास्वपा केन्द्रीय सदस्य डा. नन्दन यादव, देवनारायण महतो, प्रतिनिधिसभा सदस्य प्रमोद महतो, निर्वाचन समिति सदस्य महेश पुर्वे सुडी, पूजा झा, मनिष साह, पार्टीको जिल्ला कार्यवाहक सभापति चन्द्र किशोर महतोले उक्त सूचनामा हस्ताक्षर गरेका छन्।