Logo २२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026


उपराष्ट्रपति कार्यालयका सचिव पुष्करलाई प्रहरीले सोधपुछपछि छाेड्याे

व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री शाहलाई म्यासेज पठाएको आरोप

39
Shares

काठमाडाैं । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्करलाई प्रहरीले दिनभर सोधपुछ गरेर छोडेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उहाँलाई बिहीबार दिनभर सँगै राखेर सोधपुछ गरेको हाे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आदेशमा उहाँलाई सोधपुछ गरेर छोडिएको बुझिएको छ । त्यसअघि उहाँलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर स्वास्थ्य परीक्षण गर्न खोजेको थियो ।

मुद्दा चलाउने किसिमको केही आधार नदेखिएपछि उहाँलाई सोधपुछ गरेर मात्रै छोडिएको हो । सचिव पुष्करले ‘चेन अफ कमान्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएको आरोप छ । म्यासेजमा सचिव पुष्करले के लेखेका थिए भन्ने बारेमा भने प्रहरीले खुलाएको छैन ।