Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अग्रवाल नियुक्त


507
Shares

काठमाडाैं । एनआई सी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्।

सोमबार सम्पन्न २८ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले अग्रवाललाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन्।

अध्यक्ष अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्‍याएका छन्।

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्नुहुने उनको कार्यकालमा बैंकले उच्चतम उपलब्धिहरु हासिल गर्दै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्‍याउने विश्वास लिइएको छ ।

Skip This