Logo १६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026


भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु


0
Shares

काठमाडाैं । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ ।

स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । उहाँका अनुसार केरा बगानमा धानको बीउ छर्न विद्युतीय  मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो  ।

लौगीको मृत्युबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । खेतीको समयमा सप्तरीसहित मधेस प्रदेशमा बिद्युतीय मोटरबाट खेतमा पानी हाल्ने र मोटर जडान गर्ने क्रममा कतिपय किसानको ज्यान जाने गरेको छ । यस्ता जोखिमबाट ज्यान जाने किसानप्रति सरकारले ध्यान दिएर न्यूनीकरण गर्नुपर्ने किसानले माग गरेका छन् ।