Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


गत २४ घण्टामा २ हजार ५५ जना सवारी चालक ट्राफिक प्रहरीकाे कारबाहीमा

राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व दाखिला

0
Shares

काठमाडाैं । ट्राफिक प्रहरीले २ हजार ५५ जना सवारी चालकलाई सवारी नियम उल्लङ्घन गरेकाे आराेपमा कारबाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व दाखिला भएको जनाएकाे हाे । मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ९२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १ सय ९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १ सय २ जनालाई कारबाही गरिएको प्रहरीले बताउकाे छ।

त्यसैगरी, लेन’ अनुशासन पालना नगर्ने १ सय ४६, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ३, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १ सय १२, एकतर्फी सडकमा सवारी चलाउने ८५ र अन्य सवारी नियम पालना नगरेका एक हजार १ सय २३ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएकाे हो ।