Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


प्रथम कोशीटप्पु महिला राष्ट्रिय कबड्डीमा कोशी प्रदेश र एपीएफ क्लब विजयी

बागमती र मधेश प्रदेश कबड्डी टोलीकाे भने लजास्पद हार

0
Shares

काठमाडाैं । प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिता अन्तर्गत सुनसरीको इनरुवामा जारी पाँचौँ खेलमा कोशी प्रदेश कबड्डी टोली विजयी भएको छ ।

कोशी प्रदेशले साेमबार बागमती प्रदेश कबड्डी टोलीलाई ४०–२५ अंकले पराजित गरेको हो । खेलको ‘म्यान अफ द म्याच’ रोमान्स कर्ण घोषित भएकाे आयोजकले जनाएको छ । त्यस्तै, सोमबारै भएको छैठाैं खेलमा एपीएफ क्लब विजयी भएको छ । एपीएफले मधेश प्रदेश कबड्डी टोली लाई ३६–१८ अंकले पराजित गरेकाे हाे । उक्त खेलको ‘म्यान अफ द म्याच’ मनिषा जोशी घोषित भएका छन् ।

यसअघि भएको खेलमा सुदूरपश्चिम प्रदेश कबड्डी टोलीले मधेश प्रदेशलाई ५१–२१ अंकले पराजित गरेको थियो । त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेकाे आयोजक तरुणकुमार यादवले बताएका छन् ।