एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई एक वर्षसम्म सुन नकिन्न र खाने तेलको खपत घटाउन आह्वान गर्नुभएकाे छ।
तेलंगाना भ्रमण क्रममा हैदराबार र सिकन्दराबादमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएकाे हाे । सुनका लागि संसारकै सब भन्दा ठूलो बजार भारत हो। त्यहाँ गहनाका रूपमा ठूलो परिमाणको सुन खपत हुन्छ। त्यस्तै, भारतीय जीवनशैलीको खानपानमा तेलको प्रयोग पनि अत्याधिक हुन्छ। यस्तो अवस्थामा प्रधानमन्त्री मोदीले भारतीयहरूको जीवनशैलीमै असर पर्ने गरी सुन नकिन्न र तेल खपत घटाउन किन आह्वान गर्नुभयाे भन्ने बारेमा अहिले चासोको विषय बनेको छ।
यसका पछाडि पछिल्लो समय आपूर्ति श्रृंखलामा देखिएको अवरोध र अन्तर्राष्ट्रिय द्वन्द्वका कारण भारतमा ऊर्जा तथा अन्य आवश्यक वस्तुको मूल्यमा चाप पर्नु प्रमुख कारण रहेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। प्रधानमन्त्री मोदी मोदीले पनि यसैलाई संकेत गर्दै जनसभामा छिमेकमै ठूलो युद्ध चलिरहेको र जसको असर विश्वभर परेको बताउनुभयाे । उहाँले युद्धकाे भारतमा झनै गम्भीर रूपमा परेको बताउनुभएकाे छ ।
भारतसँग पर्याप्त तेल स्रोत नभएकाले पेट्रोलियम पदार्थ, ग्यास र मल जस्ता वस्तु ठूलो मात्रामा आयात गर्नुपर्नेे भएका कारण विदेशी मुद्रामा दबाब परेको बताउनुभयाे । प्रधानमन्त्री मोदीले विदेशी मुद्रा बचतका लागि व्यक्तिगत व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभएकाे छ। उहाँले एक वर्षसम्म सुनका गहना नकिन्ने संकल्प गर्न सबैसँग आग्रह गर्नुभयाे ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको भारतीय राष्ट्रिय कंग्रेसले भने आलोचना गरेको छ। कंग्रेस महासचिव केसी वेणुगोपालले सरकारले जनतालाई नै बोझ थोपार्न खोजिरहेको आरोप लगाउनुभयाे।










प्रतिक्रिया दिनुहोस्