Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


आईपीएल क्रिकेटमा गुजरात टाइटन्सकाे पञ्जाब किंग्समाथि जित

आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुने

169
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार भएकाे पहिलो खेलमा गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।

भारतकाे अहमदावादमा आइतबार भएको खेलमा गुजरातले १ सय ६४ रनको लक्ष्य १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेकाे हाे । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

यो जितसँगै गुजरातले लगातार तेस्रो जित दर्ता गर्दै अंक तालिकामा १२ अंक पुर्याएको छ । पञ्जाब भने लगातार दोस्रो हार व्यहोरे पनि अझै तालिकाको शीर्ष स्थानमा रहेको हाे ।

साथै आईपीएल क्रिकेटमा साेमबार मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुने भएकाे छ ।