प्रकाशकुमार लम्साल, काठमाडौं ।
बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) ले वर्षौँदेखि रोकिँदै आएको आफ्नो गुरुयोजनालाई गति दिने भएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै सेजभित्र रहेका सयौँ घर–टहरा र अतिक्रमणमा परेको पाँच सय बिगाहा जमिन खाली गराउने प्रक्रिया सुरु गरिएको छ ।
यसले औद्योगिक विस्तार र रोजगारी सिर्जनामा नयाँ आशा जगाएको छ । करिब साढे ८ सय बिगाहामा फैलिएको सिमरा सेजको ‘ए’ ब्लकमा केही उद्योगहरू सञ्चालनमा आइसकेका छन् ।
तर, बि, सि, डि र ई गरि चारवटा ब्लक भने वर्षौँदेखि अतिक्रमणको चपेटामा छन् । गत माघ ७ गतेको मन्त्रिपरिषद् बैठकले यी ब्लकहरूलाई निजी साझेदारी मोडलमा सञ्चालन गर्ने निर्णय गरेपछि अहिले सेज प्रशासन एक्सनमा उत्रिएको छ ।
सेजले जितपुर सिमरा उपमहानगरपालिकाका वडा नम्बर ४, १४ र १५ भित्र पर्ने करिब ५ सय बिगाहा अतिक्रमित जग्गा खाली गर्न पत्राचार गरिसकेको छ । तथ्याङ्कअनुसार यहाँ करिब ६ सय घर–टहरा बनेका छन् । सेजको ५ सय विगाह जमिन अतिक्रमण भएको पाइएको छ ।










प्रतिक्रिया दिनुहोस्