Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


नारायणी नदीमा बुद्धको मूर्ति र चौताराको पुनः निर्माण


117
Shares

काठमाडाैं । नारायणगढको नारायणी नदी किनारमा रहेका बुद्धको मूर्ति र चौताराको पुनः निर्माण गर्न लागिएको छ ।

सुनचाँदी व्यवसायी ज्ञानेन्द्रमान शाक्यले बाढी पहिरोले क्षती पु¥याएको ठाउँमा व्यक्तिगत लगानीमा पुनःनिर्माण गर्न लाग्नुभएको हो । शाक्यकाअनुसार यहाँको चौतारा र मूर्ति मर्मतका लागि ३५ लाख रुपैयाँ लगानी लाग्नेछ ।

यहाँ जमिनदेखि ३६ फिट अग्लो बुद्धको मूर्ति छ । २०७० सालमा निर्माण गरिएको मूर्ति नारायाणीमा पटक पटक आउने बढीले क्षती पु¥याउँदै आएको थियो । भत्किएको ठाउँमा प्लाष्टर र रंग रोगन गरिएको उहाँले बताउनुभयो । नारायणी नदी घुम्न आउने मानिसहरुले यहाँ फोटो, भिडियो खिच्ने र चौतारामा शितलता प्राप्त गर्ने गर्दछन् ।

यहाँ शाक्यले एक दशक अगाडि एक करोड १० लाख लगानीमा सो संरचना बनाउनुभएको थियो । मूर्तिको लागि मात्रै ४० लाख रुपैयाँ खर्चिएको व्यवसायी शाक्यले बताउनुभयो । गत वर्षको बाढी पहिरोले बगाएर ल्याएका ठुला ठूला ढुंगामा बृद्ध, मायाँदेवी र बृद्धत्व प्राप्त पछि लावालस्कर गरेर दरबारमा स्वागत गर्दाको कलात्मक आकृति कुँदिएको चित्र बनाइएको छ ।

त्यसैगरी अहिले यहाँ चौतारा प्रवेश गर्ने ठाउँमा भगवान गणेश, स्वस्तिक, शंक र ॐ को आकृति कुँदिएको छ । चौतारामा वर, पिपल र स्वामीको बोट समेत रहेको छ । सो स्थानबाट बसेर नारायणी नदीको मनोरम दृश्यका साथै सुर्यअस्त समेत देखिन्छ । नारायणी नदीमा साँझपख मानिसहरु शितलता प्राप्त गर्नका लागि आउने गर्दछन् ।