Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


प्रधानमन्त्री शाहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग आज छलफल गर्दै


195
Shares

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग साेमबार छलफल गर्दै हुने भएकाे छ।

साेमबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई बोलाइएको हाे । सरकारले उच्च शिक्षामा देखिएका समस्याहरू समाधान गर्न र समन्वय सुदृढ बनाउन यो छलफल गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे छलफल हुने भएकाे हाे ।

बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानमा राजनीतिक दल आवद्ध विद्यार्थी संगठनको प्रतिबन्धका विषयमा पनि छलफल हुने बुझिएको छ । गत चैत २० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र विश्वविद्यालयका उपकुलपतिहरूबीच भएको भेटले क्याम्पस तथा विश्वविद्यालयहरुमा रहेका विद्यार्थी संगठनका कार्यालय हटाउने सहमति गरेको थियो । उक्त सहमतिमा विश्वविद्यालयहरूले विद्यार्थी संगठनलाई कार्यालय सञ्चालनका लागि कुनै पनि कोठा, भवन वा जमिन उपलब्ध नगराउने उल्लेख छ ।

यो निर्णय कार्यान्वयनका लागि आवश्यक परे क्याम्पसहरुमा सुरक्षा युनिट स्थापना गर्ने सरकारको तयारी छ ।