Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सिराहामा कुकर बम विष्फोट, एकजना घाइते


2.2k
Shares

राम बाबु यादव, सिराहा।

सिराहा सदरमुकाममा कानुन व्यवसायीको कार्यालयमा बम विस्फोट हुँदा एक जना घाइते भएका छन्।

सिराहा नगरपालिका १ स्थित जिल्ला बार ऐसोसियन कार्यालयको वकिल मकसुदन यादवको च्याम्बर भित्र कुकर बम विस्फोट हुँदा ३५ को सौरभ यादव सामान्य घाइते भएका हुन्।

उनको प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ। उनी कानुन व्यवसायी मकसुदका छोरा हुन्।

विस्फोटका कारण कार्यालयमा रहेको कम्प्युटर, प्रिन्टर र फायलहरू नष्ट भएको प्रहरीले जनाएको छ। बम कसले किन विस्फोट गराएको भन्ने खुल्न सकेको छैन। प्रहरीले घटनास्थललाई घेरा हाली अनुसन्धान गरिरहेको जनाएको छ।