Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


रास्वपा नेता बालेन शाहको घरमा तोडफोड, चोरीको आशंका


7.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ।

प्रहरीका अनुसार शुक्रबार राति अज्ञात समूहले घरको गेटमा लगाइएको ग्रिल फुटाएको हो। प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले घटनाबारे जानकारी दिँदै चोरीको उद्देश्यले गेट तोडिएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको बताएका छन् ।

आगामी निर्वाचनकाे लागि झापा–५ बाट उठेका बालेन चुनावी प्रचारमा कर्णाली प्रदेशमा रहेका छन्। प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको जनाएको छ।