Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


क्यानडामा एयर इन्डियाका पाइलट पक्राउ


2.1k
Shares

एजेन्सी ।

भारतीय वायुसेवा कम्पनी ‘एयर इन्डिया’का एक पाइलट क्यानडामा पक्राउ परेका छन्। उनलाई भ्यानकुभर अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो।

डिसेम्बर २३ मा ती पाइलट नयाँ दिल्लीका लागि उडान भर्ने तयारीमा थिए। तर उडानअघि नै ड्युटी–फ्रि शपका एक कर्मचारीले पाइलटको मुखबाट मदिराको गन्ध आएपछि विमानस्थलका अधिकारीलाई जानकारी गराएका थिए।

सूचनापछि गरिएको ‘ब्रेथ एनालाइजर’ परीक्षणमा पाइलटले मादक पदार्थ सेवन गरेको पुष्टि भएको समाचार एजेन्सीहरूले जनाएका छन्। त्यसलगत्तै उनलाई नियन्त्रणमा लिइएको हो।

यद्यपि यो घटना ढिलो गरी सार्वजनिक भएको बताइएको छ। समाचार अनुसार ती पाइलटलाई हाल भारत ल्याइसकिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Skip This