Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


रवि–बालेन सहमतिप्रति मनिषा कोइरालाको टिप्पणी: ‘विकल्प अनुहारमा होइन, विचारमा हुनुपर्छ’


2.5k
Shares

काठमाडौं ।

अभिनेत्री मनिषा कोइरालाले राजनीतिमा वास्तविक विकल्प अनुहार परिवर्तनमा नभई सोच, दृष्टि र मूल्यमा हुनुपर्ने बताएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबीच सातबुँदे सहमति सार्वजनिक भएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले लेखेकी छन्, “जब सोच र तरिका पुरानै रहन्छन्, तब विकल्पहरू पनि पुनर्चक्रित जस्ता लाग्छन्। विकल्प अनुहारमा होइन, दृष्टि र मूल्यमा हो।”

उक्त सहमतिमा जेनजी युवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने तथा घाइते र सहिद परिवारका माग यथोचित सम्बोधन गर्ने उल्लेख छ।

सहमतिअनुसार रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सारिनेछ।