Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


आज पनि सुनकाे मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच ?


1.8k
Shares

काठमाडाैं ।
नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँ पुगेको छ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा चार हजार दुई सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार दुई सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।