Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


प्रतिनिधि सभा विघटनविरुद्ध एमालेको रिटमा आजदेखि सुनुवाइ हुने


598
Shares

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा (एमाले) ले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलासमा मुद्दा पेसी परेको हो।

एमाले प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले दायर गरेको रिट पेसीको अन्तिम नम्बरमा परेकाले अन्य मुद्दा सकेपछि मात्र सुनुवाइ हुनेछ।

रिटमा प्रतिनिधि सभा सदस्य नभएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय संविधानविपरीत भएको दाबी गर्दै विघटन उल्ट्याई संसद पुनःस्थापना गर्न माग गरिएको छ।