Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


भ्रष्टाचार मुद्दामा आफूलाई माफी दिन इजरायली प्रधानमन्त्री नेतन्याहुकाे राष्ट्रपति हर्जाेगलाई पत्र


4.4k
Shares

एजेन्सी। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भ्रष्टाचारका मुद्दाहरूमा आफूलाई माफी दिन राष्ट्रपति इसाक हर्जाेगसँग अनुरोध गर्नुभएकाे छ।

नेतान्याहूले राष्ट्रपति हर्जाेगलाई माफीको लागि आइतबार अनुरोध पत्र पेश गरेको इजरायली राष्ट्रपतिको कार्यालयले आइतबार जनाएकाे हाे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्रष्टाचारका मुद्दामा हर्जाेगले नेतन्याहूलाई माफी दिनुपर्ने बताएको केही दिनपछि साेही कुरा आएकाे छ। प्रधानमन्त्री नेतान्याहूमाथि सन् २०१९ मा छुट्टाछुट्टै रूपमा भ्रष्टाचार सम्बन्धी ३ वटा मुद्दा दायर भएका छन्। जसमा घुसखोरी, ठगी र विश्वास उल्लंघनको आरोफ लगाइएको हाे ।

नेतन्याहुका वकिलले राष्ट्रपतिको हस्ताक्षर भएको १ सय ११ पृष्ठको काजगपत्र राष्ट्रपति कार्यालयको कानूनी विभागलाई बुझाएको छ । ष्ट्रपति ट्रम्पले केही समयअघि हर्जोगलाई पत्र लेख्दै नेतन्याहुलाई माफी दिन अनुरोध गर्नुभएकाे थियाे।

Skip This