Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


समाजमा देखिएको असन्तुष्टिकाे एउटा कारण सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदाकाे परिणाम: महासचिव पोखरेल


325
Shares

काठमाडाैं। नेकपा एमाले महासचिव शंकर पोखरेलले समाजमा देखिएको असन्तोषको एउटा कारण सामाजिक सुरक्षाको प्रत्याभूति नहुँदाको परिणाम रहेको बताउनुभएको छ।

काठमाडाैंमा बिहीबार ८ औं सामाजिक सुरक्षा दिवसको अवसरमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले समाजमा देखिएको अराजकता, असहिष्णुताले देश र राष्ट्रप्रतिको लगाव कमजोर बनाउँदै लगेको बताउनुभयो। त्यसलाई सुधार गर्ने सशक्त माध्यम सामाजिक सुरक्षा कार्यक्रम हुनसक्ने उहाँले बताउनुभएकाे छ। एशियाली समाज सामाजिक र पारिवारिक सम्बन्धमा आधारित भएता पनि क्रमशः सूचना र प्रविधिको तीब्रताका कारण विघटनतर्फ गइरहेको उहाँले बताउनुभयो।

भविष्यप्रतिको सुरक्षावोध नागरिकमा पैदा गर्नसके सामाजिक मूल्य, सांस्कृतिक मान्यतातर्फ फर्काउन सकिने उहाँले उल्लेख गर्नुभयो। महासचिव पोखरेलले अनौपचारिक क्षेत्र असंगठित रहेका कारणले उत्पन्न भएको समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभएकाे छ। श्रमिक पञ्जीकरण उपलब्धीमूलक काम भएको उहाँकाे भनाइ थियाे।