Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


प्रतिनिधिसभा पुनस्थापनाको माग गर्दै एमालेले दायर गरेको रिट दर्ता

मंसिर १७ गते सुनुवाई हुने

689
Shares

काठमाडाैं। प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेकपा एमालेले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ।

एमालेका नेताद्वय महेश बर्तौला र सुनिता बरालले मंगलबार सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए। उक्त निवेदन दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ। साेही रिटमा यहि मंसिर १७ गतेका लागि पेशी तोकिएको हाे। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त भएको थियो।

आन्दोलन थेग्न नसकेर ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो। प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा भंग गर्नुभएको थियो। त्यसयता एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक बताउँदै आएको छ।

एमालेले दायर गरेको रिटमा संसद पुनर्स्थापना गर्दै भदौ २४ पछिको अवस्थालाई शून्य समय मान्नुपर्ने उल्लेख गरिएकाे छ। एमालेले सर्वोच्चबाट देशका सबै निकाय भदौ २४ गतेकै स्थितिमा फर्काउनका लागि परमादेश पनि माग गरेको हाे।