Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


पोखराबाट काठमाडौं उड्दै गरेको बुद्ध एयरको विमानमा चरा ठोक्कियो


4.6k
Shares

काठमाडौं ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उडानका लागि तयारी गरिरहेको बुद्ध एयरको उडान नम्बर ६०४ (नाइन एन-एएमडी) मा शनिबार बिहान टेकअफका क्रममा चरा ठोक्किएको छ।

घटना भएपछि विमानलाई फिर्ता गराई सुरक्षा प्रोटोकलअनुसार इन्जिनियरले जाँच गरेका छन्।

जाँचपछि नागरिक उड्डयन प्राधिकरणबाट सहमति प्राप्त भएसँगै विमान पुनः उडानका लागि तयारी अवस्थामा रहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए।

Skip This