Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


कांग्रेस नेता डा.कोइराला पक्षको भेला


962
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट नेताहरूको भेला गरेर आगामी रणनीतिबारे छलफल गर्नुभएको छ ।

काठमाडौंमा उपलब्ध जिल्ला सभापति, पूर्व सभापति, विशेष महाधिवेशनका हस्ताक्षरकर्ता र केन्द्रीय सदस्यहरु सहभागी भेलामा कोइरालाले चुनाव अघि महाधिवेशन हुनैपर्ने बताउनुभयो ।

१५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषयमा धेरै पहिलेदेखि नै भन्दै आएको तर अहिलेको समयको चाप, अवस्था आदिका कारण यदि २०८२ मंसिर मसान्तमा गर्न नसकिने भए पुस मसान्तभित्र गरिसक्नुपर्ने उहाँको भनाइ थियो ।

कोइरालाले आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वसहित चुनावमा जानुपर्ने पनि बताउनु भएको छ । विगतमा पार्टीले थुप्रै आरोह–अवरोह व्यहोरेको प्रशंग उठाउँदै उहाँले पार्टीमा एकता, मेलमिलाप बनाएर चुनावमा जानुपर्ने बताउनुभयो ।