Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


तत्कालिन प्रधानमन्त्री ओलीले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने सरकारकाे तयारी


2.6k
Shares

काठमाडौं । सरकारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेकाे छ।

सरकारले त्यस सम्बन्धी निर्णय बिहीबारको मन्त्रिपरिषदकाे बैठकबाट गर्ने तयारी गरेकाे हाे। मन्त्रिपरिषदकाे बैठक अहिले जारी रहेकाे छ । सरकारले फिर्ता बोलाउने तयारी गरेका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल र रुसका लागि जंगबहादुर चौहान लगायत रहेका छन् ।

त्यसैगरी मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल लगायत पनि सरकारले फिर्ता बोलाउन लागिएका राजदूहरुको सूचीमा रहेको स्रोतले जनाएकाे छ। केही राजदूतहरूलाई भने फिर्ता गर्ने तयारीका लागि परराष्ट्र मन्त्रालयमार्फत सन्देश पठाइसकिएको स्रोतले जनाएकाे हाे ।

Skip This