Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


इजरायली सेनाकाे आक्रमणमा परी गाजामा ६१ जनाको मृत्यु, दर्जनाैं घाइते


884
Shares

एजेन्सी। इजरायली सेनाले गाजामा आक्रमण गर्दा गत २४ घण्टामा ६१ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ ।

साेही आक्रमणमा परी दर्जनाैं घाइते भएकाे हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे । मन्त्रालयले साेमबार एक विज्ञप्ति जारी गर्दै सन् २०२३ अक्टोबरदेखि हालसम्म मृत्यु हुनेको कुल संख्या ६५ हजार ३ सय ४४ जना पुगेको बताएकाे छ।

इजरायली सेनाले गाजामा सैन्य कारबाही शुरु गरेको थियो । यो कारबाही सन् २०२३ अक्टोबरमा हमासको आक्रमणको प्रतिक्रियामा शुरु गरिएको थियो । त्यसपछि हमासले दक्षिणी इजरायलमा आक्रमण गरेकाे हाे ।

जसमा करिब १ हजार २ सयको मृत्यु हुनुका साथै २ सय ५१ जनालाई बन्धक बनाइएकाे छ ।