Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


सिरहामा करेन्ट लागेर शिक्षकको मृत्यु


260
Shares

काठमाडौं । सिरहामा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ।

लहान नगरपालिका-२३ गाढा निवासी ३८ वर्षीय वीजेन्द्रकुमार सहनीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

खेतको धानमा सिँचाइका लागि विद्युतीय मोटर चलाउन खोज्दा करेन्ट लागेर शनिबार उनी गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सहनीलाई तत्काल आफन्त र स्थानीयले उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्‍याएका थिए।

उपचारकै क्रममा उनको मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। सहनी लहान नगरपालिका( १९ सोनमती गाढास्थित जनता माविका शिक्षक हुन्।