Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


विषम परिस्थितिलाई ख्याल गर्दै नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपति पौडेललाई एमालेकाे आग्रह


2.6k
Shares

काठमाडौं । नेकपा एमालेले मुलुकको विषम परिस्थितिलाई ख्याल गर्दै नेतृत्वदायी पहलकदमी लिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ।

महासचिव शंकर पोखरेलले बिहीबार पार्टी सचिवालयको वक्तव्य जारी गर्दै संविधानका मर्म अनुरुप सार्थक संवाद शुरु गर्न पनि राष्ट्रपति पाैडेललाई आग्रह गर्नुभएकाे हाे । सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्छ जारी विज्ञप्तिमा भनिएको छ ।

उहाँले जसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद शुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपति पाैडेल लाई ध्यानाकर्षण गराउनुभयाे । जेनजीहरूको प्रदर्शनका क्रममा आगजनी, लुटपाट र तोडफोड जस्ता घटनाहरूमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको समेत एमालेले दावी गरेको छ ।