Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रधानमन्त्री ओलीले संसद बैठकलाई भोलि सम्बोधन गर्ने


468
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसद बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

सिंहदरबारमा बिहीबार प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीको सम्बोधन बारेमा जानकारी गराउनुभएको हो । यहि भदौ १४ गते शनिबार चीन भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री ओलीले भ्रमणकाे बारेमा सदनलाई जानकारी गराउन लाग्नुभएको छ।

बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री ओलीले शुक्रबार संसद बैठकमा सम्बोधन गर्नुहुने बताउनुभएको छ । त्यस्तै, आगामी १५ दिनको क्यालेन्डर तय भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी गराउनुभयो ।