Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


राजनीतिक दल ऐन विपरित लुकामारी खेलिरहेको पूर्वप्रमुख निर्वाचन आयुक्त थपलियाको आरोप


1.2k
Shares

काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलहरूले राजनीतिक दलसम्बन्धी कानूनको कार्यान्वयन गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

काठमाडौंमा बुधबार आयोजित ‘संविधान कार्यान्वयनको १० वर्षको समीक्षा, उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । राजनीतिक दलहरु ऐन विपरित लुकामारी खेलेजसरी चलिरहेको उहाँको आरोप छ।

थपलियाले राजनीतिक दलका केन्द्रीय पदाधिकारीले आफू निर्वाचित भएको ६० दिनभित्र आफ्नो सम्पति विवरण राजनीतिक दलको कार्यालयमा बुझाउनुपर्ने ऐनमा व्यवस्था भए पनि कुनै पनि दलले त्यसको कार्यान्वयन नगरेको उल्लेख गर्नुभयो। आयोगलाई दलको कार्यालयमा प्रवेश गर्ने अधिकार नभएका कारण ऐन कार्यान्वयन गरे नगरेको अनुगमन गर्न पनि समस्या हुने गरेको उहाँको भनाइ छ ।

राजनीतिक दलहरु नै ऐन विपरित चल्दा मुलुको विकास, सुशानस र संस्थागत उन्नतिका विषयमा गम्भीर असर परेको पूर्वप्रमुख निर्वाचन आयुक्त थपलियाको दावी थियो ।